Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विवादकाबीच पार्टीको विभागलाई पूर्णता दिने दाउमा सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ वटा विभागलाई पूर्णता दिने तयारी गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विभागलाई पूर्णता दिने विषयमा विरोध गर्दै आएको छ ।

सभापति देउवाले नेता पौडेल पक्षको विरोधका बीच पनि १७ वटा विभागलाई पूर्णता दिने तयारी गरेका हन् । देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवालाई नेता पौडेलले विभाग गठन र सदस्य मनोनयनको क्रम तत्काल रोक्न आग्रह गरेका थिए ।

महाधिवेशनको मुखमा विभाग र सदस्यहरु मनोनयनको कामले महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यस्ता गतिविधि रोक्न आग्रह गरेका थिए ।

तर, देउवाले विभाग गठनको काम नरोकिने बताएका हुन् । उनले आफू सबै पक्षलाई मिलाएर विभाग गठन गर्न चाहेको र त्यसका लागि खाली समेत छाडेको बताएका थिए । देउवाले ४७ विभागमा २० वटा विभाग गठन गरीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077