Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सिन्धुपाल्चोक पहिरो : दुईको मृत्यु, तीन बेपत्ता

    सिन्धुपाल्चोक पहिरो : दुईको मृत्यु, तीन बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3.8K
    SHARES

    सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिरोबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता भएका छन्।

    मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन्। बेपत्ता भएका चौरासी वर्षीया सोमसाङ शेर्पा, ४८ वर्षीया महिला र १२ वर्षीया छिरीङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।



    मृत्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन्। उनकी आमा, बहिनी र छोरी बेपत्ता भएका हुन्। ग्याल्जेन भने काठमाडौंमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए।



    पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ।

    आज बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घटनास्थलमा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो। बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार