Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी इन्सपेक्टरविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले उनीविरुद्ध पनि ५० हजार मागदाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077