Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

    बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

    उनले विज्ञप्तिमार्फत विपद्को यस घडीमा उद्धार र खोजीकार्यमा एकताबद्ध भई जुट्न स्थानीय जनता, जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, सुरक्षा निकायलाई समेत अपिल गरे ।



    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले केही दिनअघिबाट अविरलरूपमा परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, गुल्मी, बझाङ, लमजुङ, कास्की, रुकुम, जाजरकोट र रोल्पालगायत अन्य विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति, मानवीय क्षति, मािनस घाइते र बेपत्ता भएको खबरले आफूलाई दुःखी तुल्याएको उल्लेख गरे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार