Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुध्रिएनन् प्रहरी, घुससहित फेरि पक्राउ

काठमाडौं । पछिल्ला दिनहरुमा नेपाल प्रहरीभित्र घुस काण्ड मौलाइरहेको छ । घुससहित तीन जना प्रहरी पक्राउ परेको एक महिना पनि नवित्दै आज फेरि असई घुुससहित रंगेहात पक्राउ परेका छन् ।

प्रहरी चौकी गौरीशङ्कर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम बिश्वास राय यादव घुससहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल छोड्न सेवाग्राहीसँग ५ हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै यादव पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077