Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपा कार्यालय धुम्वाराहीमा आज पनि धर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता कायम राख्न माग गर्दै नेकपा कार्यकर्ताले सोमबार पनि पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

आन्तरिकद्वन्द्वका कारण नेकपा फुटको संघारमा पुगेपछि कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिन पार्टी कार्यालयमा धर्ना बस्दै आएका छन् ।

केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर लागि परेपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ ।

विवादका कारण पार्टी विभाजनको संघारमा पुगेपछि तल्ला तहका कार्यकर्ताहरुले पनि एकता नभत्काउन दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077