Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वइन्जिनियरविरुद्ध एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका पूर्वसुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले एक करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ अवैध आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भष्टाचार मुद्दा दायर गरेको हो ।

अवैध आर्जनको सम्पत्ति उनले घर निर्माण, जग्गा खरिद, घरको फर्निचर तथा फर्निसिङ, इलेक्ट्रोनिक सामान, छोराछोरीलाई एमबीबीएस अध्ययनका लागि खर्च गरेका अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077