Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्जिनियरविरुद्ध ३ करोडबढी भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित इन्जिनियरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर अख्तियारले जनाएको छ ।

इन्जिनियर आचार्यले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले शुक्रबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवा प्रवेश गरेदेखि २०७६ जेठ मसान्तसम्म २ करोड ७ लाख ७९ हजार ९८६ रुपैयाँ आर्जन गरेको देखिएपनि लगानी र खर्च भने ५ करोड २९ लाख ४२ हजार ४६६ रुपैयाँ देखिन आएकोले उनले ३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोप पत्रमा उल्लेख छ ।

स्रोत नखुलेको सम्पत्ति इन्जिनियर अर्यालले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उनको श्रीमतीलाईसमेत प्रतिवादी कायम गरी आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077