Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झम्सिखेलमा दाहाल-नेपाल समूहको छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता मावधकुमार नेपाल समूह छलफलमा जुटेका छन् ।

बुधबार पाँच जनाले मात्र बोलेर स्थायी कमिटी बैठक स्थगित भएपछि नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कसरी प्रस्तुत हुन आन्तरिक छलफलमा जुटेका दाहाल–नेपाल समूह बिहीबार बस्ने बैठकमा रणनीतिबारे छलफल भएको बताईएको छ ।

भेलामा लामो समयदेखि अध्यक्ष ओलीसँग रहेका गृहमन्त्री रामबहादुर थापासहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए ।

दाहाल नेपाल समूह ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट राजीनामा गराउने तयारीका साथ अघि बढेका छन् । तर ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेको उनीनिकट नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077