Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपीका लागि दुई एआईजीबीच रस्साकस्सी,ओलीले कसलाई रुचाउँछन् ?

काठमाडौं। नेपाल प्रहरीले असार २५ गते २८ औं प्रहरी महानिरीक्षक (आईजीपी ) पाउँदै छ। हालका आईजीपी ठाकुर ज्ञवालीको कार्यकाल सकिनै लाग्दा नयाँ आईजीपी पदका दाबेदार दुईजना एआइजीबीच दौडधुप सुरु भएको छ।

एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल नयाँ आईजीपी पदका लागि चर्चामा छन्। उनीहरू २०४९ सालमा  इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। अब बन्ने आईजीपीले २२ महिना कार्यकाल सम्हाल्ने छन् ।

चर्चामा रहेका दुईजना एआइजीले प्रहरीमा सँगसँगै सहयात्रा गरेका छन्। प्रहरीमा एकै दिन नियुक्ति लिएका उनीहरू हालसम्म सरुवा बढुवामा पनि समान छन्। इन्सपेक्टरबाट डिआइजीसम्मको पद बढुवा हुँदा पाल र क्षेत्री सँगसँगै थिए।

समग्र कार्यकाल र योग्यतालाई हेर्दा पाल र क्षेत्रीबीच रस्साकस्सी हुने देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विकट र उपत्यका बाहिर बढी कमाण्ड पालले गरेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार आईजीपी को बन्ने भन्ने विषयमा माथिल्लो तहमा चर्चा भएको छैन। प्रधानमन्त्री केपी शर्माले जसलाई रुचाउँछन् उसैको सम्भावना बढी देखिने जानकारहरू बताउँछन्।

दार्चुलामा जन्मिएका पाल २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही, धनुषा, कास्की, सुदुरपश्चिम ससस्त्र गण, वडा प्रहरी कार्यालय बौद्ध, वडा प्रहरी कार्यालय घनगढी, जिल्ला प्रहरी कार्यालय काठमाडौं, अपराध महाशाखा, प्रदेश प्रहरी कार्यालय जनकपुर, प्रहरीको विषेश ब्युरो सम्हालेका थिए।

भक्तपुरको कटुन्जेमा जन्मिएका क्षेत्रीले पनि २०४९ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी जागिरको शीलशीलामा उनी जिल्ला प्रहरी कार्यालय सल्यान, सिन्धुपालचोक, धादिङ, कास्की, झापामा इन्चार्ज भएर काम गरेका थिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र आईजीपीको सचिवालयमा दुई वर्ष प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए,नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077