Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १० करोड ७७ लाख अवैध आम्दानी गर्ने खानेपानीका इन्जिनियरविरुद्ध मुद्धा दायर

    १० करोड ७७ लाख अवैध आम्दानी गर्ने खानेपानीका इन्जिनियरविरुद्ध मुद्धा दायर

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

    इन्जिनियर शाक्यले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध सम्पति आर्जन गरेको अख्तियारको आरोप छ ।



    २०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा प्रवेश गरेका उनले २०७६ फागुन मसान्तसम्म १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ ।



    यस अवधिमा उनको वैध आम्दानी १ करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

    शाक्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा १६ को उपदफा (२) बमोजिमसमेतको सजाय गरी गैरकानूनी आर्जन गरेको १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ विगो असुल गर्न अख्तियारले माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार