Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘विप्लव’का दाजु अदालत परिसरबाटै पुन पक्राउ

    ‘विप्लव’का दाजु अदालत परिसरबाटै पुन पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3K
    SHARES

    दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्दलाई प्रहरीले पुन पक्राउ गरेको छ । जिल्ला अदालत दाङबाट धरौटी बुझाएर निस्कँदै गर्दा उनलाई अदालत परिसरबाटै प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    अदालतले गत पुस ७ मा चन्द्रसहित प्रतिबन्धित नेकपाका २१ नेताहरुलाई प्रतिव्यक्ति १५ हजार धरौटी बुझाएर छोड्न आदेश दिएको थियो । त्यतिबेला अदालतबाहिर व्यापक प्रहरी तैनाथ गरिएकाले फेरि पक्राउ पर्ने आशंकाले उनीहरु धरौटी नबुझाएर कारागार गएका थिए ।



    सोमबार धरौटी बुझाएर अदालतले छोडेपछि उनलाई पुन पक्राउ गरी अर्को मुद्दा चलाउन काभ्रे जिल्ला लगिएको छ । ५९ वर्षीय चन्दको घर शिवराज नगरपालिका ८ कपिलवस्तु हो ।



    अदालत परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै चन्दले सरकारले आफैले बनाएका नियम कानुन मिचिरहेको बताए । ‘सरकारले अदालतको आदेशको अवज्ञा गरिरहेको छ ।

    अदालतले छोड्दा पनि हामीलाई पक्राउ गरिन्छ । सरकार आफै कानुन मिच्न अघि बढेको छ ।’ हामीलाई पटक–पटक पक्राउ गरेर अनावश्यक दुख दिन खोजिएको उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार