Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • तस्करी गरी भारततर्फ लैजादै गरेको ३५ क्विन्टल छोकडा बरामद

    तस्करी गरी भारततर्फ लैजादै गरेको ३५ क्विन्टल छोकडा बरामद

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 7.2K
    SHARES

    काठमाडौं । प्रहरीलले अवैधरुपमा भारततर्फ लैजान लागेको अवस्थामा ३५ क्विन्टल छोकडा बरामद गरेको छ ।

    बाराका डीएसपी गौतम मिश्रले विश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोलस्थित दशगजा क्षेत्र नजिकैबाट ८० बोरा छोकडा बरामद भएको बताए ।



    भारततर्फ अवैध रुपमा लैजान लागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त छोकडा बरामद गरेको उनले बताए ।



    उनका अनुसार प्रहरीको टोली आएको सूचना पाएपछि तस्कर भने छोकडा छाडेर फरार भएका थिए । बरामद गरिएका छोकडाका बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार