Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तस्करी गरी भारततर्फ लैजादै गरेको ३५ क्विन्टल छोकडा बरामद

काठमाडौं । प्रहरीलले अवैधरुपमा भारततर्फ लैजान लागेको अवस्थामा ३५ क्विन्टल छोकडा बरामद गरेको छ ।

बाराका डीएसपी गौतम मिश्रले विश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोलस्थित दशगजा क्षेत्र नजिकैबाट ८० बोरा छोकडा बरामद भएको बताए ।

भारततर्फ अवैध रुपमा लैजान लागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त छोकडा बरामद गरेको उनले बताए ।

उनका अनुसार प्रहरीको टोली आएको सूचना पाएपछि तस्कर भने छोकडा छाडेर फरार भएका थिए । बरामद गरिएका छोकडाका बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077