Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२६३ यात्रु बोकेर क्यानबेरा उड्यो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायु सेवा निगमले अष्ट्रेलियाको राजधानी क्यानबेरामा चाटर्ड उडान गरेको छ।

निगमको वाइड बडी ए३३० जहाज २६३ यात्रु बोकेर सोमबार साँझ ५ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडेको हो ।

निगमले सोमबार तेस्रो पटक अष्ट्रेलियामा चाटर्ड उडान गरेको हो।

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ।

नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिक सो उडानमा अष्ट्रेलिया फर्किएका हुन्।

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नी र चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077