Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुममा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते

रुकुम ।  पश्चिम रुकुमको राडीबजारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

मंगलबार साँझ भएको झडपमा परि नेकपाका दुई र कांग्रेसका एकजना घाइते भएका हुन् ।  राजनीतिको बिषयलाई लिएर  दुई पक्षबीच  झडप भएको हो ।

दुबै पक्षबीच हानाहान हुँदा दुईजनाको टाउकोमा चोट लाग्नुका साथै एकको हातमा चोट लागेको छ ।  प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको स्रोतले वतायो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077