Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनएले दियो सरकारलाई स्वास्थ्य सामाग्री, नविन बिकको प्रशंसा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। एनआरएनए,दक्षिण कोरिया, चीन र मकाउले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरिएको हो ।

एनआरएनएले  ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाएको हो । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ ।

त्यस्तै,  एनआरएनए चीनको पहलमा ५ सय ५० वटा आईआर थर्मोमिटर, २० हजार वटा पीपीई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा पनि दिन लागिएको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य सम्वन्धी सामग्री खरिद प्रकृया संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले संघले थप १ करोड बराबरको सामग्री यसैसाता नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले समाग्री जुटाउन सहयोग गर्ने कोरिया, चीन र मकाउका गैरआवासीय नेपालीहरु र त्यहाँस्थित दूतावास एवम् नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन् ।

चीनमा रहेका एनआरएनए केन्द्रिय सदस्य नविन बिकले सरकारबाट मेडिकल सामग्री खरिद प्रक्रियामा घोटाला हुन लागेको देखेर त्यसको पर्दाफास गरी आँफै स्वास्थ्य सुरक्षा सामाग्री संकलनमा खटिएका थिए।

उनले गरेको कामको सामाजिक सन्जालमा हाइहाइ भए पनि सरकारको भजन गाउने केही अनलाइनहरुले चरित्रहत्या गरेर बदनाम गराउन खोजेको एनआरएनएका एक पदाधिकारीले वताएका छन्। नबिन बिकले बोलेको कुरा पुरा गरेको भन्दै उनको प्रशंसा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077