Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पूर्वमन्त्री मातृकाको आरोप: मुकेशको हत्यारालाई ओलीले संरक्षण गरे

    पूर्वमन्त्री मातृकाको आरोप: मुकेशको हत्यारालाई ओलीले संरक्षण गरे

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 2.7K
    SHARES

    पर्सा । मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरिरहेको पूर्वमन्त्री तथा नेकपाका स्थायी सदस्य मातृकाप्रसाद यादवले आरोप लगाएका छन् ।

    शनिबार वीरगंजमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्ताे आरोप लगाएका हुन्। उनले न्यायको लागि आन्दोलन गर्ने र यसबाट उत्पन्न पस्थितीको जिम्मेवारी स्थानिय प्रशासन, गृहमन्त्री र प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए ।



    प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै नेता यादवले भने– ‘घमण्ड र अहंकारले तानाशाही बनाउँछ र अन्ततः त्यस्ता मुलुकमा दम्भमा उन्माद भएका शासक कहीँ पनि टिक्न सकेको छैन ।’ विरोध प्रर्दशनमा नेकपाका प्रदेश–२ का सह ईन्चार्ज नागेन्द्र चौधरीले चौरसिया हत्याको घटना पार्टीको आन्तरिक मामिला नभएको स्पष्ट पारे ।



    जिल्ला प्रहरी कार्यालय पर्साले नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यारा विरुद्ध मुद्दा दर्ता गर्नमा आनाकानी गरिरहेको छ । मृतक चौरसियाको परिवारजन किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराउन पुग्दा प्रहरीले आलटाल गरिरहेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार