Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • चौरपाटी गाउँपालिकाद्धारा आगलागी पीडित परिवारलाई सहयोग हस्तान्तरण

    चौरपाटी गाउँपालिकाद्धारा आगलागी पीडित परिवारलाई सहयोग हस्तान्तरण

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 93
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले आगलागी पीडित एक परिवारलाई सहयोग गरेको छ ।

    गाउँपालिका अध्यक्ष भीम बहादुर साउदको नेतृत्वमा गएको टोलीले मंगलबार बिहान पीडित परिवारलाई तत्काल राहत स्वरूप तीन हजार नगद तथा आवश्यक सामग्री वितरण गरेको हो ।



    सोमबार दिउँसो गाउँपालिकाको वडा नम्बर ३ छतारा टोलमा रहेको पारु साउदको घरमा आगलागी भएको थियो । सो आगलागीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घरभित्र रहेका खाद्यान्न, लुगा, कपडा लगायतका सामग्री पनि जलेर नष्ट भएका छन् ।



    सो घटनाको जानकारी प्राप्त भए पश्चात मंगलबार बिहान गाउँपालिका अध्यक्ष साउद आफैँ सहयोग लिएर पीडित परिवारलाई भेट्न पुगेका थिए ।

    उनका अनुसार पीडित परिवारलाई तत्कालका लागि दुई सेट त्रिपाल, दुईवटा कम्बल, ५० केजी मसिनो चामल, पाँच लिटर खानेतेल, तीन किलो मिक्स दाल, दुई पोका नुन र दुई किलो चिउरा सहयोग गरिएको छ ।

    यस राहत वितरणले आगलागीबाट पीडित परिवारलाई तत्कालीन कठिन परिस्थितिमा केही सहयोग पुर्‍याउने आशा गरिएको छ । राहत वितरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, प्रहरी चौकी सिउँडीका प्रमुख रमेश नाथ लगायतका व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार