Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • प्रहरी चौकी सिउँडी र चौखुट्टेलाई पत्र – गुणस्तरहीन मदिरामाथिको प्रतिबन्ध यथावत् छ, कारबाही गर्नू

    प्रहरी चौकी सिउँडी र चौखुट्टेलाई पत्र – गुणस्तरहीन मदिरामाथिको प्रतिबन्ध यथावत् छ, कारबाही गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 561
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकाले आफूले गरेको निर्णय कार्यान्वयन गरिदिन प्रहरी प्रशासनलाई पत्र पठाएको छ ।

    सोमबारको कार्यपालिका बैठकले न्यून गुणस्तर भएका मदिरा बिक्रिवितरणमा लगाइएको प्रतिबन्ध यथावत् राख्ने निर्णय गर्दै प्रहरी चौकी सिउँडी र चौखुट्टेलाई कडाइ गर्न पत्र पठाएको हो ।



    आइतबार गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर न्यून गुणस्तर भएका मदिरा खोल्ने/नखोल्नेबारे छलफल गरेको थियो । सो छलफलमा कतिपयले थप कडाइ गर्नुपर्ने र कतिपयले कमसल खालको मदिरा पनि बिक्रिवितरण गर्न पाउनु पर्ने धारणा राखेका थिए ।



    तर सोमबारको बसेको कार्यपालिका बैठकले कमसल खालको मदिरामा लगाइएको प्रतिबन्ध यथावत् राख्ने र अन्य मदिरा बच्नमा पनि कडाइ गर्ने निर्णय गरेको थियो ।

    यसअघि देखि नै पालिकामा न्यून गुणस्तर भएका मदिरा सेवन गर्ने र बच्नेलाई प्रहरीले गाउँपालिकाको नियम अनुसार कारबाही गर्दै आएको थियो ।

    तर पछिल्लो समय भने सबै निकायले यो नियमको पालना गरेका थिएनन् । जसले गर्दा गाउँघरमा व्यापारीहरूले खुलेआम मदिरा बेचबिखन गरिरहेका छन् । अब भने प्रहरी प्रशासनले पनि पालिकाको नियम अनुसार मदिरा बिक्रिवितरण कडाइ गर्ने भएको छ ।

    मदिरा बिक्रिवितरण कडाइ गरिदिन हुन भन्दै पालिकाले गाउँपालिकाको क्षेत्रमा रहेका दुवै प्रहरी चौकीलाई पत्र पठाएको हो । प्रहरी चौकी चौखुट्टेका प्रमुख तथा प्रहरी सहायक निरीक्षक (असई) पदम बहादुर साउँदले आज बिहान मात्रै गाउँपालिकाका पत्र आफूले प्राप्त गरेको बताए ।

    उनले सबैसँगको सहकार्यमा पालिकाको निर्णयलाई पालना गर्न लगाइने बताए । उनले डोटीको सिमाना नजिकै भएका कारण नियन्त्रण गर्न चुनौती भए पनि निर्णय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताए । यस्तै प्रहरी चौकी सिउँडीले पनि गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा लाग्ने दाबी गरेको छ ।

    गाउँपालिकाले पनि नियम उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । कमसल खालको मदिरा बिक्रिवितरण गर्न नपाइने, अन्य मदिरा बेलुका ५ बजेदेखि राति ९ बजेसम्म मात्रै बेच्न पाउने गाउँपालिकाको नियम छ ।

    पछिल्लो समय खुलेआम गुणस्तरहीन मदिरा बिक्रिवितरण हुन थालेपछि गाउँपालिका आफैले बनाएको नियम कार्यान्वयनमा पछि हटेको आरोप लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार