चितवन । चितवनमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका-७ का ५ जना महिला र एक पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । संक्रमीतहरु २५ देखि ५२ वर्ष उमेर समुहका रहेका छन्।
संक्रमीत सबै विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमित सबै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीहरु रहेकाे प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन ।
Leave a Reply