Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रवि लामिछानेको प्रस्ताव- सदनमा प्रधानमन्त्रीको साटो परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, विपक्षीले गरे ठाडै अस्वीकार

रवि लामिछानेको प्रस्ताव- सदनमा प्रधानमन्त्रीको साटो परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, विपक्षीले गरे ठाडै अस्वीकार

'संसदमा विरोध कायमै रहने'

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव गरेका छन् ।

संसद्‌मा जारी गतिरोध अन्त्य गर्नेगरी रास्वपा सभापति लामिछानेले नै सोमबार सिंहरदबारमा सर्वदलीय बैठक डाकेका थिए ।

उक्त बैठकमा सभापति लामिछानेले सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा  परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका हुन ।

उनले भने- 'परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु,प्रधानमन्त्री बोल्नु हुन्न ।'

उनले आवश्यक परे आफूले पनि जवाफ दिन सक्ने तर, प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा जवाफ नदिने स्पष्ट पारेका छन् । 

यता विपक्षी दलहरूले उक्त प्रस्ताव ठाडै अस्वीकार गर्दै  प्रधानमन्त्री शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।

यसैबीच नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077