Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

सोमवार , जेठ २५, २०८३

रूपन्देही । लुम्बिनी सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र जसपाका १ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

नयाँ नियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर छन् ।

चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री चेतनाथ आचार्यले २० गते सिफारिस गरे पनि लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरूलाई आज शपथ गराइएको हो ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077