Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा, नयाँलाई अवसर

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा, नयाँलाई अवसर

बुधवार , जेठ २०, २०८३

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेकपा एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।  

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारु छन् । 

मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । 

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए ।

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न लागेको बुझिएको छ ।

नयाँ मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077