Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजबाट सुरु हुँदै

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजबाट सुरु हुँदै

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौं (हिउँदे) अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् ।

ती पत्रमा सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् ।

बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नेछन् । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताए ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077