बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत आठौँ बैठक आज बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
यस्तै, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।