Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशल भुर्तेलको विस्फोटक शतक, दीपेन्द्रको रेकर्ड पनि तोडे

कुशल भुर्तेलको विस्फोटक शतक, दीपेन्द्रको रेकर्ड पनि तोडे

आइतवार , जेठ १७, २०८३

काठमाडौं । नेपाली ओपनर कुशल भुर्तेलले एसियाली खेलकुद छनोट अन्तर्गत चीनविरुद्धको खेलमा विस्फोटक शतक प्रहार गरेका छन्।

सिंगापुर नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा उनले मात्र ३५ बलमा शतक पूरा गर्दै कीर्तिमानी इनिङ खेलेका हुन्।

भुर्तेलले आफ्नो आक्रामक ब्याटिङमा ४ चौका र १२ छक्काको सहयोगमा शतक पुरा गरेका हुन्। खेलको नवौँ ओभरमा लगातार ६ छक्का प्रहार गर्दै उनले विपक्षी बलिङ आक्रमण ध्वस्त पारेका थिए।

यस क्रममा उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने नेपाली खेलाडीको सूचीमा समेत ठूलो फड्को मारेका छन्।

यसअघि दीपेन्द्र सिंह ऐरीको नाममा रहेको ८९ छक्काको रेकर्डलाई उछिन्दै भुर्तेलले ९५ छक्का पुर्‍याएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077