Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशल भुर्तेलको विस्फोटक ब्याटिङ, एकै ओभरमा हाने ६ छक्का !

कुशल भुर्तेलको विस्फोटक ब्याटिङ, एकै ओभरमा हाने ६ छक्का !

आइतवार , जेठ १७, २०८३

काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसीयन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै एकै ओभरमा ३७ रन प्रहार गरेका छन् ।

चीनका बलरमाथि पूर्ण रूपमा हावी भएका भुर्तेलले उक्त ओभरमा एक वाइडसहित लगातार ६ छक्का प्रहार गर्दै कुल ३७ रन बटुलेका हुन् । सात बलको सामना गर्दै उनले क्रिकेट समर्थकलाई रोमाञ्चित बनाउने प्रदर्शन गरे ।

भुर्तेलले आक्रामक शैलीमा रन बटुल्ने क्रममा केवल ३२ बलमै ९४ रन पूरा गरेका छन्। उनी शतक नजिक पुगेर क्रिजमा अविजित रहेका छन्।

उनको इनिङ्समा चौका–छक्काको वर्षा देखिएको छ। नेपालले ताजा अवस्थासम्म ११ ओभरमा एक विकेट गुमाएर १५९ रन बनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077