Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूपदेव शाह भन्छन् - जनतासँग गरेका वाचा पुरा गर्छौँ

भूपदेव शाह भन्छन् - जनतासँग गरेका वाचा पुरा गर्छौँ

शनिवार , जेठ १६, २०८३

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् । 

चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले  चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

महामन्त्री शाहले भने,'सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था गरिएको छ । अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ। हामीले सफा नियतका साथ काम गरिएका छौँ । जनतासँग गरेका वाचा पूरा गर्न पार्टी र सरकार प्रतिबद्ध छ ।'

 पार्टी राजनीतिमा दुई किसिमका गुणको सङ्घर्ष हुने गरेको भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए। पार्टीमा योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न उनको आग्रह छ ।

सबल पार्टी बनेमा कम्तीमा दुई/तीन दशक देशको नेतृत्व गर्ने दाबी गर्दै त्यसैले पार्टी बलियो बनाउने बेला आएको बताए । 

महामन्त्री शाहले भने, 'अहिले पार्टी निर्माण गर्ने बेला हो, यस अभियानमा योगदान दिनेलाई पार्टीले सोहीअनुसार अवसर दिन्छ । पार्टी महाधिवेशनमा होमिएको छ, चुस्त र बलियो सङ्गठन बनाउन सबैले मेहनत गरौँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077