Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चमा गोलाप्रथा पेसी हटाउने तयारीप्रति बारको आपत्ति, कडा प्रतिवाद गर्ने चेतावनी

सर्वोच्चमा गोलाप्रथा पेसी हटाउने तयारीप्रति बारको आपत्ति, कडा प्रतिवाद गर्ने चेतावनी

सोमवार , जेठ ११, २०८३

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित ‘मानसिक सु-स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गोलाप्रथाबाट पेशी तोक्ने अभ्यास हटाउने तयारीप्रति आपत्ति जनाएका हुन् ।

उनले गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनको दाबी छ ।

उनले भने- 'अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ । यदि त्यो हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी छ ।'

उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाइए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

साथै अध्यक्ष मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाएका छन् ।

उनले थप भने- 'अब प्रधानन्यायाधीश हुनका लागि त्याग-तपस्या गर्नुपर्दैन । प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तित्व भयो भने प्रधानन्यायाधीश हुन पाउने प्रवृत्ति विकास भएको हो कि ? 

संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको टिप्पणी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077