Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने

अब सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने

शनिवार , जेठ ९, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि यात्रुको लगेज (झोला) मा ट्याग प्रणाली लागू गरिने भएको छ ।

यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागिएको हो ।

यसबारे हिजो काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ ।     

सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ ।

यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ ।     

यसले यात्रुको सामान सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077