Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रक पल्टिँदा कान्ति लोकपथ अवरुद्ध, चालक फरार

ट्रक पल्टिँदा कान्ति लोकपथ अवरुद्ध, चालक फरार

शुक्रवार , जेठ ८, २०८३

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ स्थित भर्‍याङडाँडामा डिब्बा ट्रक पल्टिँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। ट्रक सडकभरि पल्टिएपछि यातायात ठप्प बनेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान करिब ५ बजे हेटौँडा बाट काठमाडौं तर्फ डाइपर लोड लिएर जाँदै गरेको ना ६ ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक सडकमा थुप्रिएको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई पल्टिएको हो।

घटनापछि ट्रक सडकको वारपार पल्टिएकाले कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ।

ट्रकमा चालकसहित तीन जना सवार रहेका थिए। तीमध्ये दुई जना सामान्य घाइते भएका छन्। उनीहरूले उपचार आफैँ गर्ने भन्दै घटनास्थलबाटै गएका प्रहरीले जनाएको छ।

यता ट्रक चालक भने घटनापछि फरार रहेको र हालसम्म प्रहरीको सम्पर्कमा नआएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077