Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी

शुक्रवार , जेठ १, २०८३

प्युठान । प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देवीस्थान–दाङ सडकखण्डमा लु प्र ०२००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् । हालसम्म मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

दुर्घटनाग्रस्त भ्यान सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ ।  दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ 

दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077