Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन् ।

उनले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिएकी हुन् ।

मन्त्री चौधरीको निर्देशनअनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक ७८ लाख रुपैयाँ जोगिने छ । दुग्ध विकास संस्थान घाटामा छ ।

किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताइन् ।

कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि मन्त्रालयले जनाएको छ ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077