Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१.६ देखि २ जीपीए ल्याउने परीक्षार्थी ७ जना मात्र, अरूले कति जीपीए ल्याए ?

१.६ देखि २ जीपीए ल्याउने परीक्षार्थी ७ जना मात्र, अरूले कति जीपीए ल्याए ?

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष कुल ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गर्दै यस वर्षको नतिजामा मध्यम तथा उच्च जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या उल्लेख्य रहेको जनाएको छ।

सार्वजनिक विवरणअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार ३९२ विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२ विद्यार्थी छन्। त्यस्तै, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्।

२ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ५ हजार १९० रहेको छ भने १.६ देखि २ जीपीए ल्याउने विद्यार्थी केवल ७ जना मात्रै रहेका छन्।

यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077