काठमाडौं । देशभरका विद्यार्थी र अभिभावकको प्रतिक्षाको घडी अब केहीबेरमै समाप्त हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।
बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए।
त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ विद्यार्थी सहभागी हुँदा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले परीक्षा दिएका थिए।
यस वर्षको परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो।