Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

दुबै जनाबीच शनिबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

'नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्,' भेटवार्ताबारे जानकारी गराउँदै गोरले लेखेका छन्।

बिहीबार साँझ काठमाडौं आएका गोरले यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए ।

यस्तै नेपाल भ्रमणका क्रममा उनले शुक्रबार एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन पनि गरेका थिए । 

गोरको आजै राति भारतको आजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077