Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब जग्गा रोक्का र फुकुवा गर्न मालपोत धाउन नपर्ने, सबै काम अनलाइनबाटै

अब जग्गा रोक्का र फुकुवा गर्न मालपोत धाउन नपर्ने, सबै काम अनलाइनबाटै

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । सरकारले जग्गाको धितो रोक्का र फुकुवा गर्न मालपोत कार्यालय धाउनु पर्ने अवस्थाको अनत्य गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने नयाँ प्रणाली सुरु गरेसंगै उक्त अवस्थाको अनत्य भएको हो ।

बिहीबार भूमि व्यवस्था तथा अभिलेख विभागले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी कार्य अब अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्न निर्देशन दिएको छ ।

यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरिएको छ।

भूमि प्रशासन निर्देशिका, २०८१ अनुसार यो सेवा चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिनेछ । 

जसअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाले मिति २०८३ साल वैशाख २१ गतेदेखि र अन्य क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल जेठ १ गतेदेखि उक्त सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने भएका छन् ।

नागरिकलाई छिटो, सहज तथा बिचौलिया मुक्त सेवा पूर्वानुमानयोग्य समयभित्र उपलब्ध गराउने तथा सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुरूप यो व्यवस्था लागू गरिएको विभागले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077