काठमाडौं । सरकारले पुस ३ गते गरेको ६० सहसचिवको सरुवा गर्दा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट काम गर्नसक्ने क्षमता भएका बाहिरिएका छन् ।
भूमिब्यवस्था मन्त्रालयबाट निर्णय गर्नसक्ने सहसचिवहरुको सरुवा भएको छ ।
सहकारी बिभागका रजिष्टार उमेश ढुंगाना र मन्त्रालयको प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखाका सहसचिव मदन कोइरालाको गृहमन्त्रालयमा सरुवा भएको छ ।
निर्णय गर्न डराउने र भरिसक्य कलम नै चोप्न नपरे जस्तो गर्ने गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम प्रमुख नारायणप्रसाद सापकोटा र भूमि व्यवस्थापन महाशाखाका प्रमुख ध्रुव घिमिरेलाई भने सरुवा गरिएको छैन ।