Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कोइराला पक्षको निष्कर्ष- विशेष महाधिवेशन प्रक्रियाले पार्टी एकता कमजोर बन्यो

कोइराला पक्षको निष्कर्ष- विशेष महाधिवेशन प्रक्रियाले पार्टी एकता कमजोर बन्यो

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले विशेष महाधिवेशन प्रक्रियाले पार्टी एकता कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ।

बिहीबार काठमाडौंको बालुवाटारस्थित ओपेरा होटेलमा कोइराला समूहले पार्टी र समसामयिक राजनीतिक अवस्थाबारे धारणा निर्माणका लागि राय संकलन गर्ने उद्देश्यले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका थिए। 

उक्त छलफलमा सहभागी नेताहरूले विशेष महाधिवेशन प्रक्रियाले आन्तरिक एकतामा चुनौती सिर्जना गरेको धारणा व्यक्त गरेका छन्।

यसैगरी छलफलमा सहभागीहरूले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान पनि राखेका छन् ।

'अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक छैन । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन सकेको छैन। एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति कै हो,' छलफलमा सहभागी एक नेताले भने ।

त्यस्तै, केही नेताहरूले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने जिम्मेवारी नेतृत्व तहमा रहेको उल्लेख गर्दै सभापति गगन थापाको भूमिकाप्रति पनि समीक्षा गरेका छन्।

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077