Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शेखर कोइराला पक्षको भेला बत्तिसपुतलीमा

शेखर कोइराला पक्षको भेला बत्तिसपुतलीमा

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता बत्तिसपुतलीमा भेला भएका छन्।

आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कोइराला र उनीनिकट नेताहरू छुट्टै रणनीति बनाउन भेला भएका हुन्।

भेलामा कोइराला निकट कांग्रेसका पूर्व पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्। कोइरालासँगै धनराज गुरूङ, बलबहादुर केसी, जीवन परियार, गोविन्दराज पोखरेल, दीपक गिरी, रामकृष्ण यादव, डिगबहादुर लिम्बूलगायत नेता सहभागि छन्।

उता शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

रिट दायरका गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा लगायतका नेताहरू पनि सर्वोच्च पुगेका थिए । सर्वोच्च प्रशासनले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ ।

साथै भेलामा आगामी रणनीति, पार्टी भित्री अवस्था र निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077