Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार,अस्पतालबाट डिस्चार्ज

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार,अस्पतालबाट डिस्चार्ज

बिहिवार , बैशाख १७, २०८३


काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकी हुन् ।

बुधबार उपसभामुख ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी थिइा्।

उनलाई बुधबार बिहान अर्धचेत अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

अस्पताल प्रशासनका अनुसार उनको सुगर लेभल कम भएको थियो । 

प्राथमिक उपचारपछि ठाकुरको स्वास्थ्यमा सुधार देखिएकाले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

चिकित्सकले उनाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077