काठमाडौं । बैंक तथा बित्तीय संस्थाहरूविरुद्ध भड्काउ अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईंका अभियान्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थाई वतन भई हाल भक्तपुरको मध्यपुर ठिमी–६ बस्ने ४५ वर्षीय देवी प्रसाद संग्रौला रहेका छन्।
केहीदिन अघि संग्रौलाले विभिन्न बित्तीय संस्थाबाट ऋण लिएका मानिसहरुलाई भेला जम्मा गरी बैंक तथा बित्तीय संस्थाले रकम माग गरेमा वा उक्त संस्थाका कर्मचारीहरू घरमा आए भौतिक आक्रमण गर्नु, कालोमोसो दल्नु भन्ने भड्किलो अभिव्यक्ति दिएका थिए ।
सोहि आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ गरेको आरोपमा मंगलबार एयरपोर्ट गेटबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ।