काठमाडौं । न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएको छ ।
परिषद्ले थपलियालाई उच्च अदालत सुर्खेत अन्तर्गत जुम्ला इजलासमा न्यायाधीशका रूपमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
परिषदका प्रवक्ता सहसचिव रामप्रसाद भट्टराईले मंगलबार बसेको बैठकले थपलियालाई जुम्ला इजलासमा सरुवासहित न्यायाधीशमा सिफारिस गरेको जानकारी दिए ।
लामो समयदेखि न्याय प्रशासन क्षेत्रमा सक्रिय रहेका थपलियाको सिफारिससँगै उच्च अदालतमा न्यायाधीश पद पूर्ति गर्ने प्रक्रिया अघि बढेको परिषदले जनाएको छ ।