Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थ सहसचिव पाण्डे भन्छन्- आगामी वर्ष बजेटको आकार बढाउने स्थीति छैन

अर्थ सहसचिव पाण्डे भन्छन्- आगामी वर्ष बजेटको आकार बढाउने स्थीति छैन

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेले आगामी वर्ष ठुलो आकारको बजेट नआउने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अर्थको अर्थ कार्यक्रमको ३३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पाण्डेले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति नरहेको बताएका हुन् । 

सहसचिव पाण्डेयले भने- 'बजेटको आकार सानो छ । हाम्रो अर्थतन्त्र जीडीपी सबैको हिसाबले पनि हामी करिब अहिलेकै सन्दर्भमा आजको सिलिङको अवस्था हेर्दा १८ खर्ब ९० अर्बको सिलिङमा छौँ।'

उनले बजेटको सिलिङ बढाउँदा पनि खर्च नहुने स्थीति नरहेको बताउँदै आगामी वर्ष ठुलो आकारको बजेट नआउने संकेत गरे।  

उनले थप भने- 'अब हामीले बजेटको साइज बढाउने भन्दा पनि यथार्थमा आधारित बजेट बनाउने र त्यसको पूर्ण उपयोग गर्ने दिशामा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।' 

बजेट खर्चमा देखिएका कमीकमजोरीलाई पहिचान गरेर अघि बढिने उनको भनाई छ ।

अर्थमन्त्रीसंग आर्थिक क्षेत्रका सम्बन्धित संरचनात्मक कानुनी जटिलताका विषयमा छलफल भएको बताउँदै १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित कानुनहरू खारेज गर्ने तथा राजस्व अनुसन्धान विभागलाई खारेज गर्ने निर्णय गरिएको र सोहीअनुसार कार्य प्रक्रिया अगाडि बढिरहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077