काठमाडौं । सरकारले राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता अबदेखि हरेक १५/१५ दिनमै उपलब्ध गराउने भएको छ।
गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयले अर्धमासिक रूपमा तलब उपलब्ध गराउने व्यवस्था लागू गर्न महालेखा नियन्त्रक कार्यालय लाई आधिकारिक परिपत्र पठाएको हो ।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहाल द्वारा हस्ताक्षरित पत्रमा हालसम्म प्रचलित ‘महिना पूरा भएपछि मात्र तलब’ दिने प्रणाली परिमार्जन गर्न निर्देशन दिइएको छ।
सो अनुसार अब प्रत्येक १५ दिनमा एकपटक तलब वितरण हुनेगरी आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी गर्न भनिएको छ।
परिपत्र प्राप्त भएसँगै महालेखा नियन्त्रक कार्यालयले प्रणाली अद्यावधिक, भुक्तानी तालिका निर्माण तथा सम्बन्धित निकायसँग समन्वयको काम सुरु गरिसकेको जनाएको छ।
यसअघि सरकारी कर्मचारीहरूले महिनाको अन्त्यसम्म कुर्दै एकमुष्ट तलब बुझ्ने व्यवस्था थियो।
