Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी बजेटबारे अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुबीच छलफल

आगामी बजेटबारे अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुबीच छलफल

सोमवार , बैशाख ७, २०८३

काठमाडौं। अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारीका सम्बन्धमा छलफल भएको छ ।

सोमबार अर्थमन्त्री डा। स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा अर्थ मन्त्रालयमा आगामी बजेट तयारीबारे छलफल भएको हो। 

उक्त कार्यक्रममा अर्थमन्त्रीले नेपालको सार्वजनिक वित्त संकटको अवस्थामा रहेको आगामी बजेटमा राज्यको अनिवार्य दायित्व १३३० अर्ब र राजस्व ११८० अर्ब रहेको अवस्थामा नागरिकका आकांक्षाहरु सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् ।

बजेटका लागि सिद्धान्तका रुपमा सुशासन तथा संस्थागत सवलीकरण, सदाचारिता नीतिको अवलम्बन, फराकिलो आर्थिक बृद्धि सहितको आर्थिक विकास, निजी लगानी, सूचना प्रविधिको विस्तार, पुँजि निर्माणका लागि पूर्वधार विकास, मध्यमस्तरीय वर्गको विकास जस्ता सैद्धान्तिक आधारलाई मध्ये गरेर बजेट तथा कार्यक्रम छनोट गर्नु पर्ने उनको भनाई थियो ।

उक्त छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणका लागि निर्णय गरेको, बहुवर्षिय ठेक्काको स्रोत सहमतिको समय सीमा परिवर्तनलगायतका विषयमा जानकारी गराएका थिए ।

यस्तै बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालले पनि आगामी आर्थिक वर्षको बजेट तयारीको हालसम्मको अवस्थाका बारेमा संक्षिप्त प्रस्तुती गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य र सम्मानीय प्रधानमन्त्री बालेन शाहका प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल समेत सहभागि थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077