काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण हुने समितिले जनाएको छ ।
यस्ता आयोजनाको प्रगति र चुनौतीबारे आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि समितिले छलफल गर्ने बताइएको छ ।