Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • कोरम नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित

    कोरम नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 723
    SHARES

    काठमाडौं । बिहीबारका लागि बोलाइएको संसदीय समितिको बैठकमा सांसदहरू अनुपस्थित भएपछि कोरम नपुगेर स्थगित भएको छ ।

    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि बस्दै नबसी स्थगित भएको हो ।



    बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूचि रहेको थियो ।



    समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार