Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गण्डकी प्रदेशमा १५ शय्याको प्रहरी अस्पताल सञ्चालन

गण्डकी प्रदेशमा १५ शय्याको प्रहरी अस्पताल सञ्चालन

आइतवार , बैशाख १३, २०८३

पोखरा । गण्डकी प्रदेश प्रहरीका बहालवाला तथा पूर्व प्रहरीका परिवारलाई लक्षित गर्दै निर्माण गरिएको गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

१५ शय्याको सुविधासम्पन्न उक्त अस्पताल भवनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् ।

निर्माण कार्य दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि बजेट अभावका कारण लामो समयसम्म अलपत्र परेको परियोजना यसपटक प्रदेश सरकारले करिब ६ करोड रुपैयाँ सुनिश्चित गरेपछि पूरा भएको हो।

उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले आधुनिक पूर्वाधारसहितको अस्पतालले प्रहरी संगठनमा कार्यरत तथा सेवानिवृत्त सदस्य र उनका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि यस अस्पतालले प्रहरीका सबै तहका कर्मचारी र पूर्व प्रहरीका परिवारलाई उपचारमा ठूलो सहजता ल्याउने बताए।

त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुख दिपेन्द्र जिसीले अब प्रहरी सेवामा आबद्ध सबैले भरपर्दो स्वास्थ्य सेवा पाउने धारणा राखे।

उद्घाटन कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा निर्माण कम्पनीका प्राविधिकहरूलाई सम्मान समेत गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077