Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी अस्पताल रातारात बेलबारीबाट किन सारियो सुनसरी ?

मोरङ । कोशी प्रदेश प्रहरी अस्पताल ९ महिनाको समयावधिमै रातारात अन्यत्र सारिएको छ । मोरङको बेलबारी नगरपालिकामा स्थापना गरिएको प्रहरी अस्पताल मंगलबार साँझ सुनसरीको इनरुवा सारिएको हो ।

हाल अस्पतालका सरसमान सुनसरीको इनरुवा नगरपालिकास्थित जिल्ला समन्वय समितिको भवनमा सारिएको छ । अहिले मध्यरातमा अस्पतालका सरसामान इनरुवा पुर्याइयो भन्दै बेलबारीका नागरिकहरुले विरोध गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको पहलमा बेलबारी नगरपालिका-३ स्थित राजमार्ग नजिक रहेको इलाका प्रहरी कार्यालयमा अस्पताल बनेको थियो । उक्त अस्पतालको उद्घाटन प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले गत वर्ष फागुन १० गते गरेका थिए।

अस्पताल एकाएक अन्यत्र सारिएपछि बेलबारीका विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय विरोधमा उत्रिएका छन् । यता कोशी प्रदेश प्रहरी कार्यालयले बेलबारीमा ठाउँ साँघुरो भएका कारण अस्पताललाई फराकिलो ठाउँ इनरुवा सारिएको स्पष्ट पारेको छ ।

इनरुवास्थित जिल्ला समन्वय समितिको भवनमा प्रहरी अस्पताल राखिएको छ ।पूर्व प्रहरी कर्मचारी, अशक्त तथा वहालवाला प्रहरी कर्मचारी तथा प्रहरीका परिवार, सर्वसाधारणमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित अस्पताल स्थापना गरिएको थियो।

अस्पतालको सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्तिसहित प्रयोगशाला, एक्स रे तथा आकस्मिक सेवा सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077